आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोपा अमेरिका: घरेलु टोली ब्राजिल विजयी

कोपा अमेरिका: घरेलु टोली ब्राजिल विजयी


  • ढोरपाटन संवाददाता
  • असार १० २०७८, बिहिबार
Brazil's Casemiro (2nd L) heads to score against Colombia's goalkeeper David Ospina during the Conmebol Copa America 2021 football tournament group phase match, at the Nilton Santos Stadium in Rio de Janeiro, Brazil, on June 23, 2021. (Photo by MAURO PIMENTEL / AFP)

पोखरा,१० असार–कोपा अमेरिका अन्तर्गत बाहिवार विहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । एक गोलले पछि परेको अवस्थामा ब्राजिलले उत्कृष्ट पुरागमन गर्दै कोलम्बिया माथि २–१ को जीत हात पारेको हो ।

रियो दि जेनेरियोस्थित निल्टन सान्तोस रंगशालामा भएको खेलमा लुइस डियाजको गोलबाट कोलम्बियाले १–० को अग्रता लिएको थियो । जुआन कोर्डाडोको क्रसमा अनमार्क रहेका लुइस डियासले ओभरहेड किकमा गोल गर्दा ब्राजिलका गोलरक्षक वेभेर्टनले रोक्ने कुनै मौका नै पाएन ।

अग्रता लिएपनि जोगाउन नसक्दा कोलम्बियाले हार व्यहोर्न बाध्य भएको हो । ब्राजिलका परिवर्तित खेलाडी रोबर्टो फिर्मिनो र क्यासमिराले गोल गर्दै ब्राजिललाई पुनरागमन जीत दिलाएका हुन् ।

खेलको २५औं मिनेटमा नेयमारको क्रस फितलो बन्दा ब्राजिल बराबरीबाट चुक्यो । ३७औं मिनेटमा रिचार्लीसनले अर्काे अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

४३औं मिनेटमा नेयमारको छोटो कर्नरमा एभर्टन रिवेइरोले दिएको क्रसलाई यारी मिनाले क्लियर गर्दै टोलीको खतरा टारे । दोस्रो हाफमा पनि ब्राजिलले लगातार आक्रमण बुनेपनि गोलको लागि ७८औं मिनेट कुर्नु परेको थियो ।

५६औं मिनेटमा थियागो सिल्भाको पासमा नेयमारको प्रहारलाई डेभिड ओस्पिनाले विफल पारे । ७८औं मिनेटमा फिर्मिनोले गोल गर्दै खेललालई १–१ गोलको बराबरीमा ल्याए ।

नेयमारको क्रस रेफ्रीलाई नस्टर पिटानालाई लाग्दा त्यसमै लुकास पाक्वेटाले दिएको पासमा रेनान लोडीको क्रसमा फिर्मिनोको हेडर गोलरक्षक ओस्पिनाको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

उक्त गोलको मुभमा कोलम्वियाले रेफ्रीसँग असहमति जनाएपनि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेनन् । नेयमारको क्रस रेफ्रीलाई नस्टर पिटानालाई लाग्दा खेल नरोकेको भन्दै कोलम्वियाका खेलाडीले असहमति जनाएका थिए


फिर्मिनो ४६औं मिनेटमा एभर्टन रिवइरोको स्थानमा मैदान छिरेका थिए । इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई २–१ को पूनरागमन जित दिलाए ।

नेयमारको कर्नरमा अनमार्क रहेका क्यासमिरोले हेडरमार्फत सुन्दर गोल गरेका थिए । यो जितसँगै क्वाटरफाइनलमा स्थान बनाइसकेको ब्राजिल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ ।

कोलम्विया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बिहिवार विहान नै भएको सोहि समूहको अर्काे खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीपछि समूह ‘बी’ मा पेरु ३ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा रहँदा इक्वेडर ३ खेलबाट २ अंक जोडेर चौथो स्थानमा रहेको छ । समान २ अंक भएपनि भेनेजुएला गोल अन्तरमा पुछारमा छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->