बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरोना संक्रमित ७३ बर्षिया महिलाको मृत्यु

कोरोना संक्रमित ७३ बर्षिया महिलाको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • असार १२ २०७८, शनिबार

बागलुङ, १२ असार– धौलागिरी अस्पताल बागलुङमा शुक्रबार साँझ कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ घर भएकी ७३ बर्षिया महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए । उनलाई कोरोना र निमोनियाको समस्या थियो । कोरोना संक्रमण पुष्टि भएपछि जेठ ३० गते उनलाई अस्पताल ल्याईएको थियो । अक्सिजनको मात्रा कम भएर समस्या भएकी उनलाई सघन उपचार कक्षमा राखेर १२ दिनसम्म उपचार गरिएको थियो । बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->