बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जोर बिजोर मिचेर अनावश्यक हिँड्ने सवारीलाई धमाधम कारवाही

जोर बिजोर मिचेर अनावश्यक हिँड्ने सवारीलाई धमाधम कारवाही


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७८, शनिबार
फाईल तस्विर

बागलुङ, १२ असार– निषेधाज्ञाको समयमा पनि अनावश्यक रुपमा हिड्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारवाही गर्न थालेको छ ।
निषेधाज्ञाको समयमा जोर बिजोरको रुपमा संचालन गर्न आग्रह गरिएपनि बेवास्ता गर्दै संचालन हुने सवारी साधनलाई कारवाही गर्न थालिएको हो ।
जोर वार जोर नम्वर र बिजोर बाट बिजोर नम्वर संचालन गर्नुपर्ने भएपनि अनावश्यक रुपमा नियम उल्लंघन गर्दै संचालन गरिएका सवारी साधनलाई कारवाहीको दायरामा ल्याइएको र अति आवश्यकलाई भने छुट दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्रिनाथ शर्माले जानकारी दिए ।
शनिवार जोर बार भएपनि बिजोर सवारी साधन चलाए बापत गाडि, मोटरसाइकल र स्कुटर गरि ३६ वटालाई कारवाहि गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयको आदेश अनुरुप कारवाहीमा परेका गाडिलाई ५ हजार, मोटरसाइकल र स्कुटरलाई २ हजार जरिवाना गर्ने गरिएको शर्माको भनाई थियो ।
गाडि नियन्त्रणमा लिएर चालकलाई नमस्कार सहित सम्झाउने, जानकारी दिने गरिएको उल्लेख गर्दै प्रमुख शर्माले यो अभियान निषेधाज्ञा रहेसम्म जारी रहने बताए । उनले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधिमा लागु गरेको नियमलाई पालना गरि कोरोना नियन्त्रण सहयोग गर्न सवैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->