आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फराकिलो जितसंगै डेनमार्क अन्तिम आठमा

फराकिलो जितसंगै डेनमार्क अन्तिम आठमा


  • ढोरपाटन संवाददाता
  • असार १३ २०७८, आइतबार

पोखरा, १३ असार–डेनमार्कले बेल्समाथि फराकिलो जीत हात पार्दै युरो कप २०२१ को अन्तिम आठमा प्रवेश गरेको छ । शनिवार राती नेदरल्यान्डसको जोहान क्रुफ एरेनामा भएको खेलमा वेल्सलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको आठौं मिनेटमा डेनमार्कका डेनिस डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । लगत्तै अर्कोतर्फ वेल्सका कप्तान ग्यारेथ बेल गोल गर्नबाट चुके । डेनमार्कले त्यसपछि आक्रमणमा जोड दिँदै लगातार कर्नरबाट दबाब सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

२७ औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । विंगर मिकेल डाम्सगार्डको पासमा गोल गरे । ३२ औं मिनेटमा डोलबर्गकै प्रहारलाई गोलरक्षक वार्डले विफल पार्दै गोल हुनबाट जोगाए ।

दोस्रो हाफको सुरुवातमा नै डोलबर्गले डेनमार्कको अग्रता दोब्बर पारे । ४८ औं मिनेटमा ब्रेथवेटले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा नेको विलियम्सले खराब क्लिअरेन्स सिधै डोलबर्गको खुट्टामा पुगेको थियो । उनले ६ यार्ड बक्सबाट सहजै गोलरक्षक वार्डलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ८७ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे । वैकल्पिक खेलाडी माथिअस जेन्सनको पासमा माहेलले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुन पुग्यो । खेलको इन्ज्युरी समयमा ब्रेथवेटले गोल गर्दै डेनमार्कको अग्रता फराकिलो पारे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->