बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा होम आईसोलेसन बसेकी एक महिलाको मृत्यु

बागलुङमा होम आईसोलेसन बसेकी एक महिलाको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • असार १४ २०७८, सोमबार

बागलुङ, १४ असार– बागलुङमा सोमबार बिहान एक जना कोरोना संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ खोलाखेतमा होम आईसोलेसनमा बसेकी ८५ बर्षिया महिलाको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । केहि दिन पहिला बिबाह भोजमा सहभागि भएका गाउँभरीका ४३ जनामा एकै पटक संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये अधिकांश होम आईसोलेसन बसेका छन् । मृतक महिलालाई कोभिड निमोनिया भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->