बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जुवा खेल्ने ६ जना नगदसहित पक्राउ

जुवा खेल्ने ६ जना नगदसहित पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • असार १५ २०७८, मंगलबार

बागलुङ, १५ असार– बागलुङमा जुवा खेलेको आरोपमा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । सोमबार साँझ बागलुङ नगरपालिका–३ शिवधाराचोकको एक घरमा जुवा खेलेको अवस्थामा नगद ३५ हजार ६ सय रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का राजेन्द्र धमाला, घरधनी डोलेन्द्र केसी, सोही स्थानका राजेन्द्र गौडेल, बीरगंज महानगरपालिका घर भएका मनोज शाह, बानपा १ का राजु बर्देवा र गोरखा घर भएका कृष्ण सुनार रहेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->