बागलुङ, १५ असार– जिल्ला प्रशासन कार्यालयले बागलुङमा सातौं पटक निषेधाज्ञाको अवधि थप गरेको छ । निषेधाज्ञा केही खुकुलो बनाएर आउँदो असार २४ गते रातीसम्म निशेधाज्ञा थपिएको हो ।
मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनका लागि निषेधाज्ञा थप गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिए ।





