बागलुङ, १६ असार– बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ का ४९ बर्षिय पुरुषको बुधबार शव फेला परेको छ । बिहान साँढे १० बजे स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
भेटिएको शवको खोजीपछि मृतक स्थानीय बुद्धबहादुर गुरुङको भएको पत्ता लागेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक जयराम वन्तले जानकारी दिए । निसीखोला छेउमा भेटिएको शव प्रहरीले पोष्टमार्टमका लागि बुर्तिवाङ लगेको छ । वन्तका अनुसार केही समयदेखि उनी बेसुरले हिँडिरहेका भेटिने गरेका थिए । घटनाको छानविन समेत भैरहेको प्रहरीले जनाएको छ ।





