पोखरा, १७ असार – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार देखि सुरु गर्ने भनेको राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द सत्र स्थगित गरेको छ ।
केहि अपरिहार्य अवस्थाका कारण देखाउँदै प्रशिक्षण स्थगित गरिएको एन्फाले जनाएको छ । एन्फाका पदाधिकारी र बन्द प्रशिक्षणका लागि छनोट भएका मध्ये खेलाडी सहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तर एन्फाले भने कोरोना संक्रमण भएको कुराभने खुलाएको छैन । एन्फाले ‘अखिल नेपाल फुटबल संघले आजदेखि (विहिवार) सुरु हुने राष्ट्रिय टोलीको बन्द शिवि प्रशिक्षण केही अपरिहार्य अवस्थाका कारण स्थगित भएको बताएकोमा खेद व्यक्त गर्दछ । तालिम अब जुुलाइ ७ मा हुनेछ ।’ एन्फाले बताएको छ ।
प्रशिक्षण स्थगित हुनुको कारण अन्य केही नभइ कोरोना संक्रमणनै हो । ११ खेलाडी, २ पदाधिकारीलाई संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
बंगलादेशमा आगामी सेप्टेम्बर १४ देखि २५ सम्म आयोजना हुने साफ च्याम्पियनसिपका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो ।





