बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

गोरखामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७८, शनिबार

गोरखा, १९ असार – गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । उनीहरु श्रीमान श्रीमती हुन् ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->