पोखरा,१९ असार– स्पेनका गोलरक्षक उनाइ सिमोनले टाइब्रेकरमा उत्कृष्ट प्रदर्सन गर्दा स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार राती भएको खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै सेमिफाइनलमा इटालीसंगको भेट पक्का गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको ८ औँ मिनेटमै गोल गर्दै अग्रता लिएको स्पेनलाई निर्धारित समयमा जित निकाल्न भने कठिन भयो । जाकारियाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । पहिलो हाफमा आफ्नो अग्रता कायम राख्न सफल स्पेनले दोस्रो हाफमा भने कायम राख्न सकेन ।
खेलको ६८ औ मिनेटमा स्विट्जरल्यान्डका कप्तान जेर्दान शकिरीले बराबरी गरे । स्पेन बल नियन्त्रणमा अब्बल देखिएपनि स्विट्जरल्यान्डले गोल गर्ने कुनै अवसर दिएन । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
उक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा स्पेनी गोलक्षक सिमोनलले दुई बचाउ गर्दै जीत दिलाए ।





