बागलुङ, २० असार– गैर आवासीय नेपाली संघ एनआरएनएले बागलुङको ५ वटा स्वास्थ्य संस्थालाई १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरको पहलमा एनआरएनएका कोषाध्यक्ष महेश श्रेष्ठको अगुवाईमा २० लाख बराबरका ती सामग्री दिइएको हो ।
कुँवरका जानकारी अनुसार, निसीखोला गाउँपालिका भलकोट स्वास्थ्य चौकी, बोहोरागाउँ, देविस्थान र राजकुत स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर दिइएको हो भने, ढोरपाटन नगरपालिका, तमानखोला स्वास्थ्य साम्रगी दिएको कुँवरले जानकारी दिए । बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा पनि दिने योजना रहेको उनको भनाई छ ।





