आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहज जीतसंगै इंग्ल्यान्ड सेमिफाइनलमा

सहज जीतसंगै इंग्ल्यान्ड सेमिफाइनलमा


  • ढोरपाटन संवाददाता
  • असार २० २०७८, आइतबार

पोखरा, २० असार–इंग्ल्यान्डले युक्रेनमाथि सहज जीत निकाल्दै युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार राती भएको खेलमा इंग्ल्यान्डले युक्रेनलाई ४–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

इंग्ल्याण्डको जीतमा कप्तान ह्यारी केन नायक बने । उनले टोलीका लागि २ गोलको योगदान दिए । ह्यारी मगाएर र जोर्डन हेन्डरसनले गोल गरे ।

कप्तान केनले खेलको चाथौँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको थु्र पासलाई केनले पहिलो टचमा नियन्त्रणमा लिदैँ गरेको प्रहार गोलमा परिणत भएको थियो ।

जीतसंगै इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसंग भेट पक्का गरेको हो । पहिलो हाफमा एक गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा भने थप तीन गोल गर्न सफल रह्यो । दोस्रो हाफको सुरुवातमै ह्यारी मगाएरले गोल गर्दै अग्रता दोब्बर पारे ।

मिनेटमा ४६ औ शाको फ्रिकिकमा मगाएरले हेडरमार्फत गोल गरे । खेलको ५० औ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो बनाए । केनले शाकै क्रसपासमा हेडरमार्फत गोल गरे ।

६३ औ मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै जीत सुनिश्चित गरे । सोहि दिन भएको अर्को खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->