बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले मध्यपहाडी र करिडोरलगायतका सडक अबरुद्ध

पहिरोले मध्यपहाडी र करिडोरलगायतका सडक अबरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७८, मंगलबार

बागलुङ, २२ असार– मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड पहिरोका कारण अबरुद्ध भएको छ । बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेते माथीको सुन्तली घुम्ती र बयलडाँडामा पहिरो खसेपछि लोकमार्ग अबरुद्ध भएको हो । निरन्तरको वर्षात पछि पहिरो खसेर अबरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरणको प्रयोग भैरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण कालिगण्डकी करिडोर र बागलुङ कुश्मीशेरा, बरेङ, शान्तिपुर सडक समेत ठाउँठाउँमा अबरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->