शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तमानखोलाकी २३ बर्षिया संक्रमित युवतीको मृत्यु

तमानखोलाकी २३ बर्षिया संक्रमित युवतीको मृत्यु

२५ बर्षभन्दा तलका उमेर समुहमा मृत्यु हुने उनी पहिलो हुन् ।


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७८, शनिबार

बागलुङ, २६ असार– बागलुङमा शुक्रबार कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–१ की २३ बर्षिया युवतीको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङमा कोरोना संक्रमित भई मृत्यु हुनेमा उनी सबैभन्दा कम उमेरकी हुन् । यसअघी २५ बर्षभन्दा माथीका उमेर समुहका संक्रमितको मात्रै मृत्यु भएको तथ्यांक स्वास्थ्य कार्यालयसँग रहेको कोभिड– १९ स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए । उनको असार २३ गते एन्टिजिन परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको थियो । तमानखोला गाउँपालिकाका स्वास्थ्य संयोजक तिलक छन्त्यालले, भौगालिक कठिनाईका कारण अस्पताल लैजान ढिलाई भएका कारण युवतिले ज्यान गुमाउनु परेको सामाजिक सञ्जालमा लेखेका छन् । बाढी, पहिरोका कारण सडकहरु क्षद बिच्छेद हुँदा समयमा बिरामीलाई अस्पताल पु¥याउन समेत कठिन छ । संक्रमण पुष्टि भएपछि, बोंगादोभानमै आइसोलेशनमा राखिएकी ति युवतिलाई शुक्रबार मात्रै धौलागिरी अस्पतालमा लगिएको घिमिरेले जानाकारी दिए । दिउँसो २ वजे अस्पताल पुगेकी उनको ३ः४५ वजे निधन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->