बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बुलिङ्गटारमा श्रावण १ गते देखि बिद्यालय खुल्ने

बुलिङ्गटारमा श्रावण १ गते देखि बिद्यालय खुल्ने


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७८, आइतबार

नवलपुर, २७ असार– पहाडी गाउँपालिका बुलिङ्गटारमा श्रावण १ गतेदेखि बिद्यालय सञ्चालन हुने भएको छ । विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर विद्यालय संचालन गर्न गाउँपालिकाले निर्देशन गरेको छ ।
गाउँपालिकाको पछिल्लो बैठकले बैठकले विद्यार्थीलाई बिद्यालयमै उपस्थित गराएर पठन–पाठनका क्रियाकलाप सुचारु गर्ने निर्णय भएसँगै सोही अनुसार गर्न सूचना गरिएको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । कोभिड संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बैशाख २१ गतेदेखि जिल्लाका सबै बिद्यालय बन्द छन् ।
पहाडी क्षेत्र भएकाले इन्टरनेट लगायतको बैकल्पिक बिधि सर्वसुलभ नहुँदा, सबैसँग इन्टरनेट चल्ने मोबाईल पनि नभएकाले अनलाईन शिक्षाको पहुँच सबैमा पु¥याउन नसक्दा बालबालिकाको पढाईमा असर परेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै प्रत्यक्ष शैक्षिक क्रियाकलाप गर्नुपरेको शिक्षा शाखा बुलिङ्टारका प्रमुख बुद्धप्रसाद रानाभाटले जानकारी दिए ।
बैशाखयता बुलिङटारका ९४ जनामा संक्रमण पुष्टि भएकोमा ८५ जना भने निको भैसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->