बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सर्पले टोकेर गैंडाकोटकी एक बालिकाको मृत्यु

सर्पले टोकेर गैंडाकोटकी एक बालिकाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७८, आइतबार

नवलपुर, २७ असार– गैँडाकोटकी एक बालिकाको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार राती गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेललाई सर्पले टोकेको थियो ।
राती सर्पले टोकेको भएपनि बिहान मात्रै परिवारले थाहा पाएका थिए । थाहा पाएलगत्तै शनिवार बिहान उपचारका लागि अस्पताल पु¥याईएको थियो । शरीरमा विष फैलिएकाले गम्भीर अवस्थामा अस्पताल पु¥याईएकी ति बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताईन् ।
केही दिन अगाडि सर्पले टोकेर सोही गाउँका चार वर्षका एक बालक र ८३ वर्षका अर्का बृद्धको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->