आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७८, आइतबार

आयोजक ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । केहिबेर अघि सकिएको खेलामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले पराजित ग¥यो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।
खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन् । उनले रोड्रिगो डि पलको पासमा उत्कृष्ट गोल गरे । बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा उपाधिको रक्षा गर्न असफल बन्यो ।
अर्जेन्टिनाले यसअघि सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । पछिल्लो पटक २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो । यो जितपछि अर्जेन्टिनाले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जित्दै धेरै पटक कोपाको उपाधि जित्ने उरुग्वेसँग बराबरी गरेको छ । –एजेन्सीको सहयोग

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->