बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

द्वन्द्व पीडित भन्छन्– ‘आयोगहरु पीडितमुखी भएनन्’

द्वन्द्व पीडित भन्छन्– ‘आयोगहरु पीडितमुखी भएनन्’


  • ढोरपाटन सम्वाददाता
  • असार २७ २०७८, आइतबार

बागलुङ, २७ असार– सशष्त्र द्वन्द्वको समयमा तत्कालिन राज्य र बिद्रोही पक्षबाट भएको दमनमा पीडित भएकाहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले कामै नगरी समय गुजारेको टिप्पणी गरेका छन् ।
उनीहरुले पीडितको पक्षमा काम गर्ने र स्वतन्त्र आयोगको समेत माग गरेका छन् । द्वन्द्वपीडितको न्यायप्रतिको उत्तरदायित्व बोध गर्न र विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रिया अबलम्बन गर्नुपर्ने उनीहरुको माग छ । आइतबार उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरुले २ बर्षको लागि बनेका दुई वटा आयोगले पीडितको लागत समेत संकलन नगरेको, संकलन भएका कागजात पनि नष्ट गरेको आरोप लगाएका छन् ।
सरकारले नै आयोगमार्फत पीडितालई न्याय दिन नखोजेकोले आयोगहरु कठपुतली बनेको पीडितहरुको भनाई छ । ‘अन्तराष्ट्रिय मंचमा देखाउन मात्रै आयोग बनेका हुन्, पीडित जनताको पक्षमा काम गर्न होइन’ न्यायका लागि द्वन्द्वपीडित समाज बागलुङका अगुवा हरि सुवेदीले भने, ‘पीडितले न्याय पाउने अबस्था तत्काल बनाइयोस् ।’ बागलुङको उक्त समाजसहित देशभरका ४१ संस्थाले प्रधानमन्त्रीलाई ज्ञापन पठाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->