बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किसानलाई ट्रयाक्टर

किसानलाई ट्रयाक्टर


  • ढोरपाटन संवाददाता
  • असार २८ २०७८, सोमबार

नवलपुर, २८ असार– सामूहिक कृषि प्रयोजनका लागि कावासोती नगरपालिका र स्थानीय सहभागितामा वडा नं. १७ ढोकीको चारपाते कृषक समुहलाई ट्रयाक्टर खरिद गरि हस्तान्तरण गरिएको छ । खरिद गरिएको ट्रयाक्टर समूहमा आवद्ध उपभोक्ताहरुको उपस्थितिमा नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले कावासोती नगरपालिकाको कार्यालय परिसरमा हस्तान्तरण गरे ।
कुल १५ लाख २० हजार रुपैयाँमा खरिद भएको ट्रयाक्टरका लागि नगरपालिकाले ५ लाख ८३ हजार ५ सय रुपैंया अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । बाँकी ९ लाख ३६ हजार ५ सय रुपैंया समुहमा आवद्ध कृषकको लागत सहभागिता रहेको छ ।
२२ जनाको समूहमा आवद्ध कृषक समूहको ब्यवस्थापन र संरक्षणमा रहने कृषि प्रयोजन साधनको रुपमा वडाको पहलमा अनुदान उपलब्ध गराइएकोले प्राप्त साधनको संरक्षण गर्न आग्रह गर्दै अवका दिनमा कृषि उत्पादनमा थप उन्नति गर्न टेवा पुग्ने विश्वास वडाध्यक्ष छविलाल महतोले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->