बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चितुवाको आक्रमणबाट युवक घाइते

चितुवाको आक्रमणबाट युवक घाइते


  • ढोरपाटन सम्वाददाता
  • असार २९ २०७८, मंगलबार

बागलुङ, २९ असार– चितुवाको आक्रमणबाट बागलुङको गलकोटमा एक युवा घाइते भएका छन् । गलकोट नगरपालिका वडा नं. ८ कांडेवासका ३७ बर्षिय रविन दर्लामी घाइते भएका हु्न् । छिमेकी ओमदत्तको खाली घरमा हलो लिन जाँदा चितुवाले दर्लामीलाई आक्रमण गरेको हो । घाइतेलाई हटिया स्थित आरोग्य अस्पतालमा उपचार गरिएको छ । उनको हात, खुट्टा र घाँटीमा चोट लागेको हटिया स्वास्थ्य चौकीका प्रहरी नायव निरिक्षक बाबुराम पुरीले बताए । पुरीकै नेतृत्वमा चितुवा खोज्न टोली परिचालन समेत भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->