बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अटो रिक्सा पल्टिंदा ५ जना घाइते

अटो रिक्सा पल्टिंदा ५ जना घाइते


  • ढोरपाटन सम्वाददाता
  • असार २९ २०७८, मंगलबार

बागलुङ, २९ असार– यात्री लिएर गुडेको अटो रिक्सा अचानक सडकमै पल्टिंदा बागलुङको बाङगेचउरमा पल्टिंदा ४ यात्री र चालक घाइते भएका छन् । मंगलबार दिउसो १ बजेको समयमा ध १ ह २ नम्बरको अटो रिक्सा अचानक पल्टिएको प्रहरीले जनाएको छ ।
घटनामा अटो रिक्सा चालक बानपा ३ बस्ने ५८ बर्षका दलबहादुर रुचाल घाइते भएका छन् । बलेवाकी ४२ बर्षिय मीना पौडेल, काठेखोला १ करिना बस्ने ३८ बर्षिय सन्तु बिक, सोही ठाउँकी १७ बर्षिय सुस्मा बिक र ३१ बर्षिय गीता बिक पनि घाइते भएका हुन् । उनीहरुको शरिरमा चोट लागेपनि सामान्य अबस्थाका छन् । उनीहरुलाई धौलागिरि अस्पतालमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->