बागलुङको ताराखोला गाउँपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको एन्टिजन परिक्षण गर्दा ताराखोलाका १५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकामा ३२ जनामा एन्टिजन परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए ।





