शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरका थप ४ संक्रमितको मृत्यु

नवलपुरका थप ४ संक्रमितको मृत्यु

०७८ बैशाखयता मात्रै मृत्यु हुनेको संख्या १०२ पुग्यो ।


  • खगेन्द्र पराजुली
  • साउन ३ २०७८, आइतबार

नवलपुर, ३ साउन– कोरोना संक्रमणबाट शनिबार नवलपुरका थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोती नगरपालिकाका ३ जना र गैंडाकोटका एक जनासहित चार जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको सम्वन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा कावासोतीले दिएको जानकारी अनुसार वडा नं. ४ का ६० वर्षीय पुरुष, वडा नं. ३ का ४२ वर्षीय पुरुष र वडा नं. १५ का ५९ वर्षका पुरुषको उपचारका क्रममा बिभिन्न अस्पतालमा निधन भएको हो । यस्तै, गैंडाकोट नगरपालिका १२ का ५४ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य शाखा गैंडाकोटले जनाएको छ ।
कावासोती ४ का ६० वर्षीय पुरुषलाई जेठ २० गते मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको थियो । उच्च रक्तचाप, मधुमेह समेतका बिरामी ती पुरुषको कोभिड पोजेटिभ भएपछि स्वास्थ्यमा थप जटिलता आई काठमाडांै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गएराती उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतलाई उधृत गर्दै स्वास्थ्य शाखाले जनाएको छ ।
असार १६ गते मध्यविन्दु जिल्ला अस्पतालमा भएको जाँचमा कोभिड पुष्टि भएका वडा ३ का ४२ वर्षीय पुरुषको उपचारकै क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो भने कावासोती १५ का ५९ वर्षका पुरुषको सिएमसी अस्पतालमा असार ३१ गतेको परीक्षणमा कोरोना देखिएपछि उपचाररत ति ब्यक्तिको आज शनिवार बिहान मृत्यु भएको स्वास्थ्य शाखा कावासोतीले जनायो ।
यस्तै, गैंडाकोट १२ का ५४ बर्षीय पुरुषको भरतपुरको सिएमसीमा शुक्रवार उपचारका क्रममा मृत्यु भएको हो । असार १३ गते भरतपुर अस्पतालमा परिक्षण गर्दा ति पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या १०२
नवलपुरमा बैशाखयता मात्रै जिल्लामा मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । योसँगै जिल्लाभर कोरोनाकै कारण १ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् । बैशाखयता जिल्लामै सबैभन्दा धेरै सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाका ३२ जनाले ज्यान गुमाउनुपरेको छ । मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका १८–१८ जनाले ज्यान गुमाएका छन् ।
गैंडाकोटका १७ जना, देवचुलीका १४, हुप्सेकोटका २ र धादिङ स्थायी ठेगाना भई नवलपुरमा अस्थायी बसोवास गर्ने एक जनाको नवलपुरमै संक्रमण पुष्टि भई निधन भएकाले अन्य जिल्लाका एक सहित १ सय २ जनाले ज्यान गुमाइसकेका छन् ।
सक्रिय संक्रमित ५ सय बढी
शनिबारमात्रै जिल्लामा ५४ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । असारको दोस्रो साता सक्रिय संक्रमितको संख्या घटेर ३ सय हाराहारीमा पुगेपनि पछिल्लो समय बिस्तारै संक्रमण फैलने दर बढ्दै जाँदा संक्रिय संक्रमितको संख्या ५ सय २० पुगेको स्वास्थ्य कार्यालय नवलपुरको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->