बागलुङ, ३ साउन– बागलुङमा बाख्रा चराउन जंगल गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. ७ जैदीका ५३ वर्षीय रेशम थापा मगरको भीरबाट लडेर मृत्यु भएको जैदीबाट देवेन्द्र राना बताए ।
चोखेकदेखि बोरतर्फ जाने बाटोबाट खसेर थापाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । थापाका ३ भाई छोरा र एक छोरी रहेका छन् । छोराहरु प्रवाशमा रहेको बताईएको छ । घटना शनिबार दिउँसो करिब २ बजेको समयमा भएको हो । थापा भीरबाट करिब ५ सय मिटर तल खसेको स्थानीय सागर गिरीले जानकारी दिए । थापाको टाउकोमा गहिरो चोट लागेको थियो ।





