बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा साउन २१ गतेसम्म थपियो निषेधाज्ञा

नवलपुरमा साउन २१ गतेसम्म थपियो निषेधाज्ञा


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०७८, मंगलबार

नवलपुर, ५ साउन– नवलपुरमा साउन २१ गतेसम्म निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले जिल्लामा कोभिड १९ संक्रमणको अवस्थाको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताईन् ।
मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निणर्य अनुसार प्रजिअ पंगेनीले निषेधाज्ञा थप भएको सूचना सार्वजनिक गरेकीछन् ।
भेला सम्मेलन गर्न, हाटबजार लगायत जात्रा महोत्सव गर्न, मन्दिरमा भेला हुन, तालिम गोष्ठि जुलुस, सभा सम्मेलन गर्न, स्विमङ पुल खोल्न, पार्टी प्यालेस खोल्न, विद्यालय कलेजमा भौतिक रुपमा उपस्थित भई पढाई गर्न निषेध गरिएको छ ।
निषेधाज्ञा लागु भएपनि निजी दुई पांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाइने छ । त्यस्तै भाडाको सवारी साधन पनि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरि संचालनको अनुमति दिइएको छ । तीन पांग्रे सवारी ट्याम्पोको हकमा रुट परिमिट अनुसार तोकिएको क्षेत्रमा मात्र सञ्चालन गर्न पाउने छन् ।
त्यस्तै होटल, रेष्टुरेण्ट, खाजघर तथा मिठाइ पसल, सैलुन तथा व्युटिपार्लरहरु स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न पाईने छ ।
अत्यावश्यक भनी तोकिएका पसल तथा ब्यवसाय बाहेक अन्य साँझ ६ बजेपछि भने अनिवार्य बन्द गर्नुपर्ने आदेश रहेको छ ।
नवलपुरमा कोभिडको जोखिम कायमै रहेको छ । जिल्लामा मंगलवार मात्रै ७६ जनामा संक्रमण पुष्टि हुँदा ४५ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या बढेर ५ सय ५२ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->