स्याङ्जा, ७ साउन– वालिङ मालपोत कार्यालयमा माछापुच्छे« बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । एक्सटेन्सन काउन्टर निर्माण सगै मालपोत तथा नापी कार्यालयमा नगद कारोबारको अन्त्य भएको छ । एक्सटेन्सन काउन्टरको नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गरेका हुन् ।
काउन्टरको उद्घाटनमा नगरप्रमुख खाँणले डिजिटल बैकिङमा जोड दिँदै डिजिटल बैकिङहरुको सुरक्षा बढाउनुपर्ने बताए । उनले डिजिटल प्रविधिबाट कोरोबार हुँदा अनियमितता हुन नपाउने भन्दै मालपोतमै काउन्टर सञ्चालनमा आएपछि मालपोत र नापीमा आउने सेवाग्राहीलाई सहजता हुने दाबी गरे ।
कार्यक्रममा मालपोत कार्यालयका प्रमुख रवीन अधिकारी, नापी कार्यालयका प्रमुख इन्जिनियर विवेक तिवारी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, एनएमबी बैंकका शाखा प्रबन्धक माधव पौडेललगायतले बालेका थिए । एक्सटेन्सन काउन्टरमा २ जना कर्मचारी रहने र चेक साट्ने, डिपोजिट गर्ने, खाता खोल्ने सबै काम हुने बैंकका शाखा प्रबन्धक खेम काफ्लेले बताए ।





