शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा ५६ संक्रमित थपिए

बागलुङमा ५६ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७८, शुक्रबार

बागलुङ, ८ साउन– शुक्रवार बागलुङमा १ सय ९ जनाको स्वाब परीक्षण गर्दा ५६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार ती मध्ये बागलुङ नगरपालिका वडा नं. १४ का मात्रै ३० जना छन् ।

धौलागिरि अस्पतालमा गरिएको पिसिआर परीक्षणमा अन्य विभिन्न वडाका २४ जनाको पोजेटिभ देखिएको हो । त्यस्तै ढोरपाटन नगरपालिकाका २ जनामा पनि कोरोना पोजेटिभ देखिएको बताइएको छ । परीक्षणमा कुश्माबाट ल्याइएका ३ जनाको स्वाबमा भने नेगेटिभ देखिएको थियो ।
पछिल्लो समय कोरोनाका संक्रमित फेरी बढ्न थालेका छन् । निशेधाज्ञा खुकुलो भएपछि स्वास्स्थ्य मापदण्ड पालना हुन छाडेको छ । जथाभावी खाने, बस्ने र भीड गर्ने क्रमले यो समस्या देखिएको हो । शुक्रवार सम्म जिल्लामा २ सय ७६ जना सक्रिय संक्रमित छन् । ती मध्ये बागलुङ नगरपालिका भित्र मात्रै १ सय ४५ जना छन् । ताराखोलामा ४१ जना, निसीखोलामा २३ र जैमिनीमा १९ जना संक्रमित पुगेका छन् । काठेखोला गाउँपालिकामा १२ जना, ढोरपाटन नगरपालिकामा १०, गलकोट र बरेङमा ८ जना, तथा बडिगाडमा पनि ५ जना सक्रिय संक्रमित रहेको कार्यालयको रिर्पोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->