बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शिप प्रशिक्षण लिएर स्वरोजगकार बन्दै युवा

शिप प्रशिक्षण लिएर स्वरोजगकार बन्दै युवा


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०७८, शनिबार

बागलुङ, ९ साउन– व्यवसायिक तथा शिप विकास तालिम केन्द्र कुश्मा पर्वत र धौलागिरि मोर्डन इन्स्टिच्युट बागलुङले संयुक्त रुपमा संचालन गरेको विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
कोरोना संक्रमणअघि नै तालिम सकिए पनि प्रमाणपत्र वितरण भएको थिएन । सामाजिक दुरी तथा स्वास्थ्यका मापदण्ड पालना गर्दै शुक्रबार तीनवटा तालिमका ६० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको केन्द्रकी प्रतिनिधि बिना शर्माले जानकारी दिइन् ।
कार्यक्रममा केन्द्रका शाखा अधिकृत प्रकाश पौडेलले प्रमाणपत्र वितरण गरेका थिए । केन्द्रको सहयोगमा गुडिया बनाउने १५ दिने तालिममा २० जना र सेनिटरी प्याड तथा सपिङ व्याग बनाउने तालिमका २० जनालाई तालिम दिइएको थियो ।
त्यस्तै कपाल काट्ने सैलुत तालिम भने तीन महिनासम्म संचालन भएको थियो । उक्त तालिममा पनि २० जना युवा सहभागि थिए । उक्त तालिमपछि प्रशिक्षार्थीले आत्मनिर्भर व्यवसाय गर्ने तयारीमा रहेको इन्स्टिच्युटका प्रमुख ओमकार पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->