आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मनाङ मस्र्याङ्दीले पोखरामा एकेडेमी संचालन गर्ने

मनाङ मस्र्याङ्दीले पोखरामा एकेडेमी संचालन गर्ने

पोखरा रंगशाला फुटबल मैदान होम ग्राउन्ड


  • विजय नेपाली
  • साउन १२ २०७८, मंगलबार

पोखरा, १३ साउन– नेपालकै सफल ए डिभिजन फुटबल क्लब मनाङ मस्र्याङ्दी क्लबले घरेलु मैदान पोखरामा एकेडेमी संचालन गर्ने भएको छ ।
एएफसी क्लब लाइसेन्सका लागि एकेडेमी हुनुपर्ने मापदण्ड अनुसार मनाङले पोखरामा एकेडेमी संचालन गर्ने भएको हो । मनाङले मंगलबार पोखराको नेपाल आदर्श आवासीय विद्यालयसँग एकेडेमी संचालनका लागि सम्झौता गरेको छ ।
आठ पटकको शहिद स्मारक राष्ट्रिय लिग च्याम्पियन मनाङले नेपाल आदर्शसँग ६ वर्षको सम्झौता गरेको छ । पोखरामा एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ (एन्फा) बिच त्रिपक्षीय सम्झौता भएको छ । मनाङ मोफसलमा एकेडेमी संचालन गर्ने चौंथो क्लब बनेको छ ।
सम्झौतासँगै पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरि १४ खेलाडी हुनेछन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाईका लागि छात्रवृत्ति प्रदान गर्ने छ । दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुने छन् । जसमा १४ खेलाडी क्लबको रहने छन् । यस अघि विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एपीएफ , पुलिस क्लब तथा संकटा क्लब, न्युरोट टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले एकेडेमी संचालनको लागि सम्झौता गरिसकेको छ ।
यस्तै मनाङलाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरि सिफारिस समेत गरिसकेको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य राजेश गुरुङ सहित सरोकारवाला निकायको बैठक पोखरामा बस्दै मैदान दिने सम्झौता भएको हो ।
मनाङ गण्डकी जिल्लामै रहेकाले र पोखरामा मनाङको समर्थक पनि उत्तिकै रहेकाले घरेलु मैदान बनाउन यस अघि सिफारीस गरेको थियो । घरेलु मैदानका लागि पोखरा रंगशाला उपलब्ध गराउन माग गर्दै राखेपमा निवेदन दिएको थियो । राखेप सदस्य सचिव रमेश सिलवालले घरेलु मैदानका लागि मनाङलाई स्विकृती प्रदान गर्दै जिल्ला खेलकुद विकास समितिमार्फत सम्झौता गर्न पत्राचार गरेका थिए । सोहि पात्राचार अनुसार सोमबार सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->