बागलुङ, १४ साउन– कसलाई लगाउने भन्ने यकिन मापदण्ड नबनेको भन्दै केही दिन रोकिएको खोप कार्यक्रम शुक्रबारदेखि संचालन हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारीले ततकालका लागि ५० बर्ष काटेका नागरिक, कर्मचारी र विदेश जाने तयारी गरेका नागरिकलाई खोप लगाउन निर्देशन दिएका छन् । उक्त निर्देशन अनुसारनै खोप कार्यक्रम शुक्रबारदेखि सुरु हुने बागलुङ नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक डिल्ली आचार्यले बताए ।
यसअघि सदरमुकाममा तोकिएको मापदण्डमा खोप लगाउने नआएको भन्दै हल्ला चलेपछि स्थगित गरिएको थियो । शिक्षकहरुका लागि खोप लगाउने क्रममा बजारका व्यापारी, राजनीतिक दलका कार्यकर्ता र पहुँचवालाका परिवारका सदस्य समेत पुगेको टिप्पणी भएको थियो । कतिपयले पहुँचकै भरमा खोप लगाएको हल्ला आएपछि कार्यक्रम स्थगित गर्नुपरेको स्वास्थ्य शाखाले जनाएको थियो ।





