बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोला गाउँपालिकाको बार्षिक समीक्षा

काठेखोला गाउँपालिकाको बार्षिक समीक्षा


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७८, शुक्रबार

बागलुङ, १५ साउन– काठेखोला गाउँपालिकाको आयोजनामा बिहिवार बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गत आर्थिक बर्षभरी भएका बिकास निर्माण तथा क्रियाकलापको समीक्षा गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अमर थापाले डिजिटल प्रोफाइल बनाउने काम गाउँपालिकाको नमूना काम भएको बताए । उनले गाउँपालिकालाई प्राविधिक मैत्री र जनताले सजिलोसँग काम गर्न सक्ने संस्था बनाउनु पर्ने धारणा राखे ।
कोरोना संक्रमणको समयमा पनि सबैको साथ र सहयोगबाट योजनाहरु सम्पन्न भएकोमा उनले सन्तोष लागेको समेत बताए । आर्थिक बर्ष २०७७÷७८मा गाउँपालिकाकालागि ५६ करोड १३ लाख ५० हजार बजेट बिनियोजन भएको थियो । उक्त बजेट मध्ये ४६ लाख ९७ हजार खर्च भएको देखिएको छ । कुल बजेटको ८३ प्रतिशत खर्च भएकोले उक्त खर्च तुलनात्मक राम्रो देखिएको समेत सहभागिले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले यस्ता खालका समीक्षाले कमीकमजोरी औल्याएर थप काममा अगाडि बढ्न सकिने धारणा राखेका थिए । उनले राम्रा क्रियाकलापको अनुसरण गर्ने र कमजोरी भउ सच्याउने अबसर सिर्जना गर्ने समीक्षा आवस्यक भएको पनि बताए ।
गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षता, प्रशासकीय अधिकृत मनोज कार्कीको संचालन र प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीको स्वागतमा सम्पन्न कार्यक्रममा शिक्षा शाखाका प्रमुख रामानन्द कंडेल, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र लामा, इन्जिनियर बिनोद शर्मा, योजना शाखाका प्रमुख उत्तम पौडेल, नासु मिनबहादुर थापा, महिला विकास शाखा प्रमुख रश्मी गौतम, आर्युवेद शाखका गोपाल शर्मा, राजश्व शाखाकी तारादेवी सापकोटा, कृषि शाखाकी सीतादेवी शर्मा, पशुविकास शाखाका होमबहादुर थापा, आर्थिक शाखाका माधव शर्मा र परिचयपत्र शाखाबाट अञ्चल शर्माले धारणा राखेका थिए ।
जनप्रतिनिधि तर्फ शिव रिजाल, सूर्यबहादुर थापा, मनहरी कंडेल, शसिकला कंडेल, अमृता पुन, रिना जिसी कुँवर र राम सिकिल शाहले पनि प्रस्तुती गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->