बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सांग बनेपछि डोलकुमारी देखेको संसार…

सांग बनेपछि डोलकुमारी देखेको संसार…

समाजमा अपांग भएर चिनिएको पहिचानसमेत १५ हजारमा फेरिंदा ढोरपाटन नगरपालिकाकी २६ वर्षिय डोलकुमारी कुँवरको जीवनमा धेरै परिवर्तन आएको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७८, शुक्रबार
?

बागलुङ, १५ साउन– वर्षौसम्म अपांग भएर बाँच्नु पर्दाको पीडा सामान्य उपचार खर्चले हटेको छ । समाजमा अपांग भएर चिनिएको पहिचानसमेत १५ हजारमा फेरिंदा उनी खुसी भएकी छिन् ।
ढोरपाटन नगरपालिका–२ की २६ वर्षिय डोलकुमारी कुँवरले सानो प्रयासबाट फरक अनुभव गरेकी छिन् । रुखबाट लडेर गम्भिर घाइते भएकी कुँवरका हातखुट्टा कुँजिएकोले चल्नै नसक्ने अवस्थाका थिए । तर सामान्य उपचार र अभ्यासले अहिले उनको अवस्थामा सुधार आएको छ । ११ वर्षको उमेर हुँदा उनी लडेर अपांग भएकी थिइन् । उनको हात र खुट्टा चल्थेन । साथै, बोलीसमेत खुलेको थिएन । अभिभावकले पनि निको नहुने भन्दै आस मारेका थिए ।
२६ वर्षको उमेर पुग्दा उनलाई परिवारका सदस्यले स्याहारसुसार गरि दिनुपथ्र्यो । उपचारपछि सुधार हुन्छ भन्ने पनि थाहा थिएन । गतवर्ष बुर्तिवाङमा आयोजित एक अपांग शिविरमा उनको परीक्षण गर्दा उपचारपछि सुधार हुने सुझाव पाए । त्यहीं सुझाव अनुसार उनको उपचार संभव भएको छ । अहिले उनको जीवनमा धेरै परिवर्तन आइसकेको छ । सामान्य जस्तै भैसकेकी छिन् उनी ।
अपांगताको क्षेत्रमा काम गर्दै आएको फेयरमेड फाउण्डेसन र बिवाइसीले उनको उपचारमा खर्च गरिदिएका छन् । तर ठूलो खर्च पनि नलागेको फाउण्डेसनका कार्यक्रम व्यवस्थापक गणेश बरुवालले बताए । ग्रामीण स्वास्थ्य सुधार परियोजनाबाट उनलाई पोखरास्थित हरियोखर्क अस्पतालमा लगेर उपचार गर्दा सुधार भएको हो । उपचारसंगै ५ दिनको स्वर अभ्यास र ५ दिनको हातखुट्टा चलाउने अभ्यासले उनको कुँजिएको शरीर खुल्ला भएको छ । अहलिे त उनी सामान्य जस्तै देखिन थालेकी छिन् ।
शरीर कुँजिएकोले घर बाहिर निस्कंदा सधै साथी चाहिन्थ्यो, बोली नफुट्ने कारणले बोल्न पनि सक्थिनन् । अहिले भने उनी घरबाट एक्लै बाहिर निस्कन सक्ने भैसकेकी हुन् । उनले बोल्न पनि थालेकी छिन् । उनको बोली सामान्य जस्तो भैसकेको छ ।
‘हामीले सामान्य सहयोग र सहजीकरण मात्रै गर्दा पनि उनको स्वास्थ्यमा ठूलो सुधार भयो’ बरुवालले भने, ‘अहिले त बोलाएको ठाउँमा एक्लै गएर आफ्नो समस्या र उपचारबारे बताउन सक्ने हुनुभयो ।’ २७ वर्ष पुगेकी कुँवरले अब आफ्नो सबै काम आँफै गर्न सक्ने भएकी छिन् । ११ बर्षको उमेरमा लडेर घाइते भएकी कुँवर २७ बर्ष पुगेपछि आँफै बोल्न, हिड्न र पढ्न सक्ने भएकी हुन् । छोरीको अबस्था सुधार भएपछि बाबु थमबहादुर पनि निकै खुसी छन् ।
‘यतिको सुधार हुन्छ भन्ने सोचेका थिएनौं, धेरै खुसी लागेको छ’ उनले भने, ‘परियोजनाले पनि हामीलाई गुन लगायो ।’ परियोजनाले अन्य अपांगता भएकाहरुको उपचारका लागि पनि नियमित सहजीकरण गर्दै आएको छ । कुँवरले उच्च शिक्षा समेत पढ्ने चाहना राखेकी छिन् । ‘अब त पढ्न र पढाउन पनि सक्छु’ उनले भनिन्, ‘कम्प्युटर समेत चलाउन सक्ने गरी हातका औंला चल्न थालेका छन् ।’ १० हजारको सहयोग पाउँदा १५ बर्ष कुँजिएकी मेरो स्वास्थ्यमा सुधार भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->