आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

क्योकुशिन कान कराँते कास्कीमा लक्ष्मण

क्योकुशिन कान कराँते कास्कीमा लक्ष्मण


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७८, शनिबार

पोखरा, १७ साउन– नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको अध्यक्षमा लक्ष्मण कुवँर चयन भएका छन् । संघको शनिवार सम्पन्न ११ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले कुवँरलाइ सर्वसम्मत चयन गरेको हो ।
कुवँरको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरिएको छ । संघको उपाध्यक्षमा सरद कार्की र जिवन गुरुङ, सचिवमा निर्मल केसी, कोषाध्यक्षमा सुजन आचार्य चयन भएका छन् । यस्तै सदस्यहरुमा शिव राज आचार्य, सुष्मी श्रेष्ठ, टुकदेवी पुन, नविन मल्ल, सुमन प्रतेल र अर्जन बराम चयन भएका छन् ।
साधारणसभामा बोल्दै पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले संघमा उर्जाशिल व्यक्तिहरुको आगमन भएकाले खेलाडी विकासमा थप हौसला मिल्ने बताए । उनले खेल र खेलाडी उत्पादनमा संघको महत्वपूर्ण भुमिका रहने बताए । संघलाइ खेलाडी केन्द्रित भएर काम गर्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->