शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुग्यो

बागलुङमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुग्यो


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७८, शनिबार

बागलुङ, १७ साउन– शनिबार बागलुङमा एकैपटक १ सयबढी संक्रमित थपिएका छन् । केही दिनदेखि बढीरहेको संख्याभन्दा यो अत्याधिक धेरै हो ।
स्वास्थ्य कार्यालय बागलुङले दिएको जानकारी अनुसार शनिबारसम्म ४ सय २७ कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । यो क्रम अझै बढ्न सक्ने कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
‘केही स्थानको संभावित पिसिआरको रिपोर्ट आउन बाँकी छ त्यसले संक्रमण बढाउने देखियो’ उनले भने, ‘खुला भएको निशेधाज्ञालाई संयम र सचेत भएर प्रयोग गर्न नजान्दा यो अवस्था आएको हो ।’ सार्वजनिक यातायात खुला भएपछि स्वास्थ्य मापदण्ड पालना नगरी यात्रा गर्न थालेपछि यो बढेको उनले बताए ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै बागलुङ नगरपालिकामा छन् । बागलुङ नगरपालिकामा मात्रै २ सय २१ सक्रिय संक्रमित छन् । सक्रियमध्ये जैमिनी नगरपालिकामा ३४ जना र निसीखोलामा २९ जना छन् ।
त्यस्तै, ताराखोला, बरेङ र ढोरपाटनमा २३÷२३ जना छन् । गलकोटमा २०, काठेखोलामा १६, तमानमा १४ र बडिगाडमा ४ जना सक्रिय संक्रमित छन् । बागलुङमा अहिलेसम्म कोरोना संक्रमणबाट ६२ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->