बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटको चौराहामा बस दुर्घटना हुँदा ११ घाइते

गलकोटको चौराहामा बस दुर्घटना हुँदा ११ घाइते


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७८, सोमबार

बागलुङ, १८ साउन – बागलुङको गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार बिहान सवा सात गलकोट नगरपालिका वडा नं. १ चौराहास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको हो ।
काठमाण्डौबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस ब्रेक फेल भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना यात्रुहरु घाईते भएको र उनीहरुको उपाचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याउदै गरेको हवारीको भनाई छ । बसमा सवार अन्य ११ जना भने सुरक्षित रहेका छन् ।
घाइते हुनेहरुमा गुल्मीको मुसिकोट नगरपालिका–९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङको ढोरपाटन नगरपालिका–२ शेराकी ४२ वर्षीया पवित्रा खत्री, गलकोट नगरपालिका–३ गणेशचोकका ७३ वर्षीय हरीलाल खत्री, नवलपरासीको सुनौल वडा नं. ३ आसामबासी टोलका ४८ वर्षीया तारा पुन, गुल्मीको मुसिकोट नगरपालिका–२ का ३३ वर्षीय राजकुमार कुवँर, सोही ठाउँकी ३० वर्षीया तारा थापा रहेका छन् ।
यस्तै, बागलुङको बडिगाड गाउँपाकिा–२ का १७ वर्षीय विष्णु थापा, भारत घर भई गुल्मी बस्दै आएका १९ वर्षीय अनिल कुवँर, दिलदिप साहनी, बडिगाड गाउँपालिका–६ सिमलचौरका ३९ वर्षीय टेक बहादुर राना, भारत घर भई हाल गुल्मी बस्ने २५ वर्षीय जिलाजित शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
चालक गलकोट नगरपालिका–१ काफलबुटाका ५२ वर्षीय चित्र बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->