स्याङ्जा/गाउँमै स्वास्थ्य सेवा पाउन थालेपछि पुतलीबजार नगरपालिका ३, निरवीरे र आसपासका स्थानीय नागरिक खुसी भएका छन् । निरवीरेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको निर्माण सँगै स्वास्थ्य सेवा प्रदान गरेपछि यहाँका स्थानीय बासिन्दा हर्षित बनेका हुन् ।
विगतमा सामान्य उपचारमा जिल्ला अस्पताल पुग्नु पर्ने स्थानियको लागि स्वास्थ्य चौकी निर्माण पश्चात गाउँमै सेवा पाएका हुन् । पहिले घन्टांै समय खर्चेर सेवा पाएको स्मरण गर्दै जग्गा दाता पानु शर्माले समयसगै गाउँमै स्वास्थ्य केन्द्र बनेको र सेवा घरमै पाएको बताए । ‘गाउँमै सेवा पाएपछि सुखका दिन आएको छ । भवन बनेपनि जनशक्ति र सामाग्रीको अभाव भने खाँचै रहेको छ,’ उनले भने ।
स्थास्थ्य संस्था नभएका स्थानमा स्वास्थ्य संस्था निर्माण गर्ने सरकारको कार्यक्रम अनुसार निरवीरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको निर्माण गरिएको हो । स्वास्थ्य मन्त्रालयको २५ लाख र पुतलीबजार नगरपालिकाको १० गरी ३५ लाखको लागतमा ४ आना जग्गामा स्वास्थ्य सेवा केन्द्र बनेको हो ।
स्वास्थ्य केन्द्र निर्माणले पुतलीबजार ३, ५, ७, ८ लगायतका विभिन्न ठाउँका नागरिकले प्रत्यक्ष सेवा पाएको बहाकोटका नगर प्रमुख सीमा क्षेत्रीले बताए । मानिसको पहिलोे आवश्यकता स्वास्थ्य भएकाले स्वास्थ्यको पहुँच गाउँगाउँमा पु¥याउन आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरिएको र सफल भएको क्षेत्रीको दाबी छ । आँधीखोला निर्माण सेवा केन्द्रले ४ वर्ष पहिला निर्माण गर्ने सम्झौता गरेपनि पनि समय गुजारेर सेवा केन्द्र निर्माण गरेको हो ।





