पोखरा/ नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरी पोखरा आएका छन् । १३ औं साफ च्याम्पियनसिपको तयारीमासमेत रहेको नेपाली टोली अब केही दिनमा प्रशिक्षणका लागि समेत पोखरा आउँदैछन् ।
साफ तयारीमा रहेको टोलीलाई पोखरामा प्रशिक्षणको अनुकुलता निरीक्षण गर्न पोखरा र्आका हुन् । खेलाडीहरु भने एक हप्ताभित्र पोखरा आउने कार्यक्रम रहेको बताइएको छ । उनी मंगलबार पोखरा आएका हुन् ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले प्रशिक्षक अल्मुताइरी पोखरा आएको बताए । उनले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण एक महिना पोखरामा हुने भएकाले प्रशिक्षकले मैदानको अवस्था र वातावरण अनुगमन गर्न आएको बताए ।
१३ औं साफ नेपालमै आयोजना गर्ने तयारीसमेत भइरहेको छ । जस अन्तर्गत पोखरामा समेत केही खेल गराउने योजना बनिरहेको एन्फा कास्की अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।
अपुरै मैदान
१३ औं साफका केही खेल पोखरामा खेलाइने चर्चा चलिरहँदा भने पोखरामा निमार्णाधीन फुटबल मैदानको काम भने अपुरै छ । बजेट अभावका कारण बारम्बार निमार्णको काम रोकिँदा खेलाडीले परिवर्तन गर्ने कक्ष (चेन्जिङ रुम), रेफ्री चेन्जिङ रुम तथा अफिसियल रुम समेत बन्न बाँकी रहेको छ । अहिले फुटबल मैदानमा घासँ काट्ने काम भने चलिरहेको छ ।
उता नेम्वाङ र अलमुताइरीबीच मंगलबार एक होटलमा भएको भेटघाटले विवाद नर्चकाउने धारणा राखेका थिए । दुवै पक्षले आउने दिनमा सहकार्य गर्दै अघि बढ्ने सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने देखिएको छ । दुवै पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिने तयारी गरिरहे पनि अल्मुताइरी भने पोखरा आएका छन् ।
एन्फाले पनि विवाद समाधान गर्न नसकेपछि युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस गरिएको थियो । मन्त्रालयले दिएको निर्देशन अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेकै दिन नेम्बाङ र अलमुताइरीबीच सहमति भएको हो ।
नेम्बाङले फुटबल विकासका लागि आफू सहकार्य गरेर अघि बढ्न तयार रहेको भेटका क्रममा बताएको बुझिएको छ । एकअर्कासँग त्यसअघि भेट सम्म नभएका अलमुताइरी र नेम्बाङबीच पटक पटकको प्रयासपछि भेट सम्भव भएको बताइएको छ ।
राजकर्णिकारले पहल गरेको भेटमा अलमुताइरती तथा नेम्बाङका साथमा अर्का उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य किरण राई थिए । तर, राजकर्णिकार छानविन गर्न नपाउँदै कोरोना संक्रकित भएर आइसोलेसन छन् ।
विवादकै कारण अल्मुताइरीलाइ अहिले प्रशिक्षण दिनबाट रोक लगाएको छ । राष्ट्रिय टोलीलाई पनि एन्फाले १० दिनको बिदा दिएको छ । बिदा सकिएपश्चात खेलाडीहरु पोखरा आउने संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।





