शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा ‘तपाईंको मास्क खोइ ?’ अभियान

स्याङ्जामा ‘तपाईंको मास्क खोइ ?’ अभियान


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७८, बिहिबार

स्याङ्जा /कोभिड १९¬ को तेस्रो भेरियन्ट आउन सक्ने भन्दै प्रहरी सडकमा निस्केर सचेतना अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कोरोना संक्रमणबाट बच्ने उपायबारे सचेतना दिन तपाईंको माक्स खोइ ? भन्ने कार्यक्रम अभियान सुरु गरेको हो ।
प्रहरीले स्याङ्जा सदरमुकाम पुतलीबजारमा घरदैलोसहित कोरोना सम्वन्धी जानकारीमूलक पर्चा, पम्पलेट, माइकिङ गर्दै रोगबाट सुरक्षित हुन आग्रह गरेको छ ।
माक्स नलगाई हिँड्ने पैदल यात्रुसहित सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई माक्स सहित अबका दिनमा असुरक्षित यात्रा नगर्न सुझाव दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पदमबहादुर थापाले बताए ।प्रहरीले स्याङ्जा सदरमुकाम मात्रै नभएर वालिङ, चापाकोट लगायतका बजार क्षेत्रमा पनि सचेतना फैलाएको प्रहरी निरिक्षक थापाको भनाइ छ ।
पहिलो र दोस्रो कोरोना भेरियन्टमा अत्यन्तै जोखिम मोलेको स्याङ्जालाई बेलैमा सचेतना मार्फत नागरिकको स्वास्थ्य सुरक्षाबाट सुरक्षित राख्न प्रहरीले अभियान थालेको हो ।
बुधबार गरिएको सचेतना कार्यक्रममा सदरमुकाममा सहिद चोक, ट्राफिक चोक, अभियान पथ, ग्यालेक्सी चोकसहित बजारका मुख्य क्षेत्रमा जानकारीमूलक अभियान चलाएको थियो । प्रहरी निरीक्षक अर्जुन विकको कमाण्डमा १६ जना प्रहरी कर्मचारीलाई खटाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->