बागलुङ/ बागलुङ नगरपालिका वडा नं. ११ को रायडाँडामा गुम्बा निर्माण गरिएको छ । पर्यटकीय दृष्टीले महत्वपूर्ण यो गुम्बा ६२ लाखको लागतमा सम्पन्न भएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
२०६२ सालको भुकम्पले भत्केकोले जीर्ण बनेको गुम्बा पुन निर्माण गरिएको हो । भुकम्प पुन निर्माण प्राधिकरणको ४१ लाख र उपभोक्ताको लगानीबाट पुननिर्माण गरिएको हो । गत माघ १५ गते वडा अध्यक्ष गौतमले शिलान्यास गरेर निर्माण थालिएको गुम्बा समयमै सकिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर थापाले बताए ।
धार्मिक पर्यटक भित्राउनकालागि उपयोगी हुने भन्दै वडा कार्यालयले गौरवको योजनामा समावेश गरेकोमा गत असार मसान्त भित्रै निर्माण सकिएको हो । डाँडाको टुप्पोमा रहेकोले यहााबाट बागलुङ, कुश्मा, धौलागिरि र अन्नपूर्ण हिमाल देख्न सकिन्छ । यो गुम्मामा नियमित पूजा व्यवस्थापनकालागि लामाको पनि व्यवस्थापन गरिएको छ । स्थानीय नरसिंह थापाले लामाको काम गरिरहेका छन् ।





