बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पत्रकारले कोरोना बिमाको भुक्तानी पाएनन्

पत्रकारले कोरोना बिमाको भुक्तानी पाएनन्


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७८, बिहिबार

बागलुङ/एक बर्षअघि कोरोना बिमा गरेपनि बागलुङका पत्रकारले दावी भुक्तानी पाउन सकेका छैनन् । बागलुङका पत्रकारले पटक पटक स्थानीय कार्यालय र केन्द्रीय कार्यालयमा पुगेर माग गरेपनि भुक्तानी नभएको हो । पत्रकारको बिमा गराएको नेपाल प्रभु इन्सोरेन्सले संक्रमितलाई रकम भुक्तानी नदिएको महासंघका सचिव बिजय रानाले बताए ।
जिल्लामा १२ जना पत्रकार संक्रमित भएर निको भएपछि रकम भुक्तानी माग गरिएको थिाये । तीमध्ये २ जनाको मात्रै रकम भुक्तानी भएको छ । अन्य १० जनाको अझै भुक्तानी नआएको हो । तीमध्ये ८ जनाको बागलुङ शाखाबाट पहल भएको हो । अन्य दुइजनाले काठमाण्डौबाट सोझै इन्सोरेन्सको कार्यालयमा सम्पर्क गरेका छन् ।
‘चाहिएको र माग भए अनुसारका सबै कागजात पुरा गरेर दिएका थियौं, भुक्तानी भने पाइएन’ पत्रकार महासंघका कोषाध्यक्ष सुवास गौतमले भने, ‘फाइल पुग्यो, भनेको पनि तीन महिना बितिसक्यो भुक्तानी आउने कहिले हो थाहा छैन ।’ महासंघबाट केन्द्र कार्यालयमा फोन गर्दा धेरै पटक शाखाका कर्मचारी कोरोना संक्रमित भएर बन्द भएको जवाफ आउने गरेको रानाले बताए ।
शाखाका प्रबन्धक पर्वत शाक्यले पनि उस्तै जवाफ पाएको भन्दै आँफूले केही गर्न नसक्ने बताए । ‘सरकारबाट भुक्तानी नआएर रोकिएको हो रे, मैलेपनि कुरा गरिरहेको छु’ शाक्यले भने, ‘सरकारले भुक्तानी दिएमा लाइनमा बसेका सबैको भुक्तानी हुनेछ ।’ गत बर्ष बागलुङका ५६ जना पत्रकारको कोरोना बिमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->