बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मन्त्रीले गरे पुस्तकालयको अबलोकन

मन्त्रीले गरे पुस्तकालयको अबलोकन


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७८, आइतबार

बागलुङ/ गण्डकी प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले बागलुङ बजारमा रहेको पुरानो पुस्तकालयको अबलोकन गरेका छन् ।
बुढालाई स्वागत तथा बधाई दिनका लागि विद्यामन्दिर पुस्तकालयमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुँदै पुस्तकालयको अवस्थाका बिषयमा चासो देखाएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री बुढाले धौलागिरि क्षेत्रको पहिचाहन र गरिमा बोकेको पुस्तकालयको विकासका लागि गण्डकी प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने बताए ।
‘शिक्षा पहिलो सर्त हो, हरेक क्षेत्रको विकासका लागि शिक्षा आवश्यक हुन्छ’ बुढाले भने ‘म भएको ठाउँबाट हुने सहयोग पुस्तकालयको लागि हुन्छ ।’ ७५ वर्षदेखि यस पुस्तकालयले शिक्षा क्षेत्रमा निकै महत्वपुर्ण भूुमिका निर्वाह गरेको उनले बताए । मन्त्री बुढाले प्रविधिको विकिाससँगै पुस्तकालयलाई पनि प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा उपभोक्ता मञ्च बागलुङ अध्यक्ष एवं पुस्तकालयका सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ, पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्मा, पुर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी र सचिव रामचन्द्र शर्मा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->