बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाढीले सडक भत्किएपछि ढोरबराह हिँडेका दर्शनार्थी अलपत्र

बाढीले सडक भत्किएपछि ढोरबराह हिँडेका दर्शनार्थी अलपत्र


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७८, आइतबार
ढोरबराह पुजाका लागि हिँडेका दर्शनार्थी भूजीखोला छेउको सडकमा पैदल यात्रा गर्दै । तस्विरः टिकाराम भट्टराई /बुर्तिबाङ

बागलुङ/ भुजीखोलामा आएको बाढीले कच्ची सडकमा क्षति पुर्याएपछि जनै पूर्णिमाका लागि ढोरबराह मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित बोबाङको भुजी खोलामा आएको बाढीले बुर्तिवाङ–ढोरपाटन सडकको ठाउँ–ठाउँमा क्षति पुर्याएको छ । शनिबार बिहानै बुर्तिवाङ बजारबाट ढोरपाटनतर्फ लागेका दर्शनार्थीमध्ये केही पैदल त केही सवारी साधनमा थिए । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै पुनः निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
यसअघि जारी निषेधाज्ञा भदौ ५ गतेसम्म जारी रहेकामा ६ गतेदेखि अवरोध नहुने आशामा स्थानीयवासीले आज पूर्णिमाका दिन ढोरवराहमा पूजाको कार्यक्रम गर्ने योजना बनाई प्रचार प्रसारसमेत गरेका थिए । शुक्रबार नै थप निषेधाज्ञाको आदेश जारी हुनाका साथै बाढीले पनि सडक अवरुद्ध गराएकाले यस वर्ष दर्शनार्थीको कार्यक्रम बिथोलिएको हो । ढोरपाटनमा तीन दिनयता निरन्तरको वर्षाका कारण बोबाङको दुवाल, भुसण्डे, सुप्राङलगायत स्थानको सडकखण्ड बाढीले सडक बगाउनका साथै कतिपय स्थानमा खोला नै बगिरहेकाले पूजा गर्न जान कठिन भएको स्थानीय यात्री हेमलाल गैरेले जानकारी दिए ।

एउटा स्काभेटरले काम गरिरहे पनि आजसम्म खुलाउन सकेको छैन । अहिले पनि १५ जीप, २५ मोटरसाइकल बाटो खेलेपछि ढोरपाटन जाने पर्खाइमा छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रस्थित उक्त मन्दिरमा जनै पूर्णिमाका दिन ठूलो मेला लाग्दै आएको छ ।

ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका र छिमेकी जिल्ला रुकुमबाटसमेत दर्शनार्थी पूजाका लागि ढोरबराह पुग्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->