बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाढी पहिरो छिचोल्दै ढोरबराह पूजा गर्न सयौंको भीड

बाढी पहिरो छिचोल्दै ढोरबराह पूजा गर्न सयौंको भीड


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७८, सोमबार

बागलुङ/ स्थानीय आयोजकले कार्यक्रम संचालन नगरेपनि ढोरपाटन स्थित ढोरबराह मन्दिरमा सयौं मानिस उपस्थित भएर पूजाआजा गरेका छन् ।
जनैपूर्णिमाको दिन ढोरबराह मन्दिरमा पूजा गर्दा सहकाल आउने विश्वास छ । आइतवारपनि बागलुङ सहित विभिन्न जिल्लाका भक्तजन पुगेर यहाँ पुजा गरेको स्थानीयले जानकारी दिए ।

ढोरपाटनको मुख्य मैदानी खण्डमा ढोरबराह मन्दिर छ । यहाँबाट निस्केको पानीको मुलमा २२ धारा जडान गरिएको छ । उक्त धारामा नुहाएर मन्दिरमा पूजा गर्ने तथा बली चढाउने गरिन्छ ।
कोरोना संक्रमणका कारण जिल्ला भरीनै निशेधाज्ञा लगाइएपनि सयौं मानिस पुगेर पूजा गरेको मन्दिरमा पुगेका मीन कडायतले बताए । काम बिशेषले उनी ढोरपाटमा गएका थिए । यही मौकामा मेला लागेको हेर्न पाएको बताए ।

मेलामा गएका ढोरपाटन नगरपालिका ९ का दिपक थापाले सयौं भेडा, कुखुरा र हाँसको बली चढाइएको बताए । उनले ढोरबराहमा आएर पूजा गर्दा घरपरिवारमा शान्ति छाउने र सहकाल आउने विश्वास रहेको बताए । मेलानै लागेपनि यहाँ भीडभाड नगर्न सुझाउने भने कोही थिएनन् ।
यहाँ पूजा गर्न रुकुम र म्याग्दीबाट पनि आउने गर्छन् । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका तर्फका मानिस भने आफ्नो नित्य पूजाझै नियमित आउने गर्छन् । बोबाङ देखि ढोरपाटन जाने सडक जीर्ण भएकोले यात्रीले सास्ती खेपेका थिए । अधिकांस मानिस आइतवार पैदलै यात्रा गरेर ढोरबराह गएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->