बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिकाबाट हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ढोरपाटन नगरपालिका–९ को भूजिका एक व्यक्तिको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा १ जना महिला सहित २ जना पुरुष रहेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन् । गत भाद्र २ गते राति ढोरपाटन–९ को भूजिमा ५१ वर्षीय छविलाल विश्वकर्माको हत्या भएको प्रहरीको आशंका छ ।
उनी मृत भेटिएका थिए । भाद्र ७ गतेमात्र मृतकको शव भेटिएपछि हत्याको प्रारम्भिक अनुसन्धानमा थालिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताए । प्रहरीले नियन्त्रणमा लिएकाहरुले दिएको बयान अनुसार उनीहरुले पारिवारिक रिसिबीका कारण विकको हत्या गरेको बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय बागलुङले भने उनीहरुको तत्काल नाम ठेगाना खुलाउन नसकिने बतायो । ‘‘हामिसँग नाम ठेगाना आएको छैन्, मान्छे आउँदैछन्’’ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लि मगरले भने ‘‘घटतनाको बषियमा अनुसन्धान हुँदैछ बोल्न मिल्दैन् ।’’
हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला पठाइएको प्रहरी निरीक्षक वन्तले बताए ।





