बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भालुको पित्तसहित एक जना पक्राउ

भालुको पित्तसहित एक जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका–४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका– ४ हुन्द्रफेदीमा बस्दै आएका ४० वर्षिय चित्र बहादुर शेरवुर्जालाई भालुको पित्तसहित प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

सुराकीको आधारमा खानतलासी गर्दा उनी पक्राउ परेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताए । दुर्लभ बन्यजन्तु भालुको पित्तको अबैध कारोबार भई रहेको भन्ने बिशेष सुचना प्रहरीलाई प्राप्त भएको थियो । हिजो साँझ ५ बजे प्रहरी हुन्द्रफेदी पुगेको र लुकाई राखेको भालुको पित्तसहित शेरवुर्जालाई पक्राउ गरिएको प्रहरी निरिक्षक वन्तले जानकारी दिए ।

दुर्लभ बन्य जन्तु भालुको पित्त (करिव १८ ग्राम) सहित पक्राउ परेका शेरवुर्जालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला पठाइएको प्रहरी निरीक्षक वन्तको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->