बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालिगण्डकी नदीको तटिय क्षेत्रमा सजग रहन आग्रह

कालिगण्डकी नदीको तटिय क्षेत्रमा सजग रहन आग्रह


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

बागलुङ/ पहिरो खसेर म्याग्दीको राहुघाट नदी थुनिएपछि बनेको तालका कारण जोखिम हुने भएकाले कालिगण्डकी नदीको तटीय क्षेत्रका सर्वसाधारणलाई सजग बनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बिहिबार एक सूचना जारी गर्दै तटिय क्षेत्रमा सजग रहन भनेको हो । काम बिषेशले नदीको तटीय क्षेत्रमा पुगेका र बसोबास गर्ने सबैलाई सजगता अपनाउन आग्रह गरेको प्रशसकीय अधिकृत सूर्यलाल बिकले जानकारी दिए ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा बिहिबार बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको हो । ५० मिटर गहिरो र ५ सय मिटर लम्बाईमा ताल फैलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरो खसिरहेको र ताल एकैपटक फुट्न सक्ने सम्भावना रहेकाले सजगताका लागि आग्रह गरेको बिकले बताए । रघुगंगा गाउँपालिकाको ६ र ७ नम्बर वडाको गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीय प्रदिप मगरले जानकारी दिए । ताल भरिएर विस्तारै पानी बग्न थालेको भएपनि जोखिम कायम रहेको स्थानीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->