बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा जारी निषेधाज्ञा खुकुलो

बागलुङमा जारी निषेधाज्ञा खुकुलो


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

बागलुङ/ बागलुङमा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । कोरोना संक्रमणको संख्या उच्च गतिमा थपिन थालेपछि पछिल्लो समय लगाइएको कडा निषेधाज्ञालाई खुकुलो बनाइएको हो ।

पछिल्लो समय १५ दिनसम्म गरिएको कडा लकडाउनका कारण जिल्लामा संक्रमण हुनेको संख्या कम हुदै गएपछि कोभिड व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा खुकुलो बनाएको हो ।
भदौ १० गते राती १२ बजेपछि अर्को सुचना जारी नहुञ्जेलसम्मका लागि बजार, यातायात, बैंक तथा वित्तिय संस्था सहकारी संस्थाहरु नियमित रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै संचालन गर्न सकिने भएको छ । सहकारी संस्थाहरुले बजारमा घरदैलो गरि बचत संकलन गर्न भने नपाउने भएका छन् ।

सार्वजनिक तथा निजी क्षेत्रका सवारीमा स्वास्थ्य मापदण्ड पुरा गरि सञ्चालन गर्ने, सबै प्रकारका पेशा, व्यवसाय, पसल बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म मात्र संचालन गर्न पाउने, आवासिय होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल आवश्यक मापदण्ड पालन गरि संचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

विवाह तथा पार्टी प्यालेसहरु, सिनेमा हल, फुटसल, पार्क, खेलकुद स्थल, जिमखाना, शैक्षिक संस्था लगायत बढि भीडभाड हुने स्थलहरु संचालन गर्न नपाउने निर्णय भएको हो ।
नजिकिदै गरेका तिज लगायतका पर्वहरु घरभित्रै पारिवारिक रुपमा मनाउने निर्णय गरिएको कार्कीले बताए । कोरोना संक्रमण बढेको भन्दै प्रशासनले भदौ १० गतेसम्म पूर्ण रुपमा पालना हुनेगरी निषेधाज्ञा लगाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->