बागलुङ/ निरन्तरको वर्षापछि पहिरो खस्दा बागलुङको जैमिनी नगरपालिकाका दुई घर गोठमा क्षति पुगेको छ । जैमिनी नगरपालिका १ कुश्मीशेरा खौरका रुद्रबहादुर शाहीको घर र टार झब्रिखेत गाउँका गंगाधर शर्माको गोठमा पहिरोले क्षति पु¥याएको हो ।
शाहीको घरअघिबाट खसेको पहिरोले घरको जगनै भत्किने अवस्थामा छ । बर्षा निरन्तर भैरहेकाले शाही परिवारलाई सुरक्षित स्थानमा राखिएको चेम्वर अफ कमर्श जैमिनीका अध्यक्ष बिष्णु आचार्यले बताए । गंगाधरको गोठ नजिकैबाट खसेको पहिरोका कारण गोठको गाह्रो भत्किएको छ । गोठमा बाँधिएका पशु चौपाय सुरक्षित स्थानमा सारिएको उनले बताए ।
वर्षापछिको बाढी र पहिरोका कारण जैमिनीका सबै स्थानीय सडक बन्द छन् । सदरमुकाम बागलुङ बजार र अन्य जिल्लासँग समेत जैमिनीको सडक सम्पर्क टुटेको छ । बिरामी बोकेका एम्बुलेन्स, खाद्यान्न र यात्रुवहाक सवारी तथा कृषिजन्य उत्पादन बजार पु¥याउने साधनसमेत नचल्दा सर्वसाधारण मर्कामा छन् ।





