पोखरा– पोखरामा नेपाल मार्शल आर्टस हाप्किडोको बन्द प्रशिक्षण सुरु भएको छ ।
आगामी कार्तिक ५ देखि ७ गतेसम्म रुसको सेन्ट पिटर्सवर्गमा आयोजना हुने वल्र्ड हाप्किडो च्याम्पियनशिपमा सहभागिताका लागि पोखरामा बन्द प्रशिक्षण सुरु गरिएको नेपाल मार्शल आर्टस संघ हाप्किडोका अध्यक्ष कालीबहादुर घर्ती मगरले बताए । प्रशिक्षणमा देशभरीका २० जना खेलाडी सहभागी छन । उनीहरुालई नेपाल मार्शलआर्टस हाप्किडोका वरिष्ठ प्रशिक्षक कालीबहादुर घर्ती मगर, प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, सहायक प्रशिक्षकद्वय भुवन वुढा मगर र प्रविन गुरुङले प्रशिक्षण दिने सदस्य चन्द्रा पराजुलीले बताइन् ।
प्रशिक्षणको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले खेलकुदलाई सीमित व्यक्तिको स्वार्थको चौघेराबाट मुक्त गर्नुपर्ने बताए । उनले खेललाई जीवनपद्दति बनाउनुपर्नेमा जोड पनि दिए । खेल देशको इज्जत र प्रतिष्ठाको पहिचानको लागि हुनुपर्ने उनको भनाई थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले मार्ससआर्ट आत्मरक्षाको लागि उपयुक्त खेल भएको बताउदै हाप्किडो खेललाई नवौं राष्ट्रिय खेलकुदमा समावेश गर्न केन्द्रमा पहल गर्न सुझाव दिए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बाँनियाले खेलाडीका लागि अनुशासन महत्वपूर्ण भएको बताए । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले खेलकुदलाई सीमित व्यक्तिको स्वार्थको चौघेराबाट मुक्त गर्नुपर्ने बताएका छन् । उनले खेललाई जीवनपद्दति बनाउनुपर्नेमा जोड पनि दिए । वल्र्ड हाप्किडो च्याम्पियनसीपमा सहभागिता जनाउने नेपाली खेलाडीहरुको पोखरामा सुरु भएको बन्द प्रशिक्षणको आइतबार उद्घाटन गर्दै मन्त्री बरालले खेल देशको इज्जत र प्रतिष्ठाको पहिचानको लागि हुनुपर्ने बताए ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले मार्ससआर्ट आत्मरक्षाको लागि उपयुक्त खेल भएको बताउदै हाप्किडो खेललाई नवौं राष्ट्रिय खेलकुदमा समावेश गर्न केन्द्रमा पहल गर्न सुझाव दिए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बाँनियाले खेलाडीका लागि अनुशासन महत्वपूर्ण भएको बताए ।





